FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

यो सर्केगाड गाउँपालिकाको स्वास्थ्य पार्श्व चित्र (Health Profile) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अमेरिकी सहयोग नियोग विच दुई पक्षीय सम्झौतामा सञ्चालित स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रम हुम्ला र सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त सहकार्यमा तयार भएको हो ।

सर्केगाड गाउँपालिकाको स्वास्थ्य प्रोफाइलमा तपाईंलाई स्वागत छ । यस प्रोफाइलमा यहाँले गाउँपालिकाको जनसंख्या, स्वास्थ्य संस्थाहरुको विवरण, स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा तथा सुविधाहरू, स्वास्थ्य सेवा प्रवाहको ३ वर्षको तुलनात्मक अवस्था, वार्षिक बजेट, महत्वपूर्ण सम्पर्क नम्बरहरू आदिको बारेमा जानकारीहरू पाउन सक्नुहुनेट । यसमा मुख्य गरी १४ वटा सेक्सनहरु रहेका छन् ।

गाउँपालिकाको पुरा स्वास्थ्य पाश्र्वचित्र हेर्नको लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।

सर्केगाड गाउँपालिकाको गाउँ सभाबाट प्रस्तावित बजेट ३९ करोड ११ लाख ४४ हजार ८४० हुन आएको छ ।

जस मध्ये चालु तर्फ बाट रु. १४ करोड ९३ लाख ४४ हजार ८४० छ भने पुजिगत तर्फ रु. २४ करोड १८ लाख रहेको छ । 

प्राथमिक्ताका क्षेत्रहरुः

१. खानेपानिः २ करोड ६३ लाख ६३ हजार 
२. सडक निर्माणः २ करोड १५ लाख 
३. पुवाधार विकासः ४५ लाख ९८ हजार
४. जलवायु परिवर्तनः १ करोड ४४ लाख 
५. किर्डाक अन्र्तगत सामुदायिक विकासः २४ लाख ७३ हजार ८१४
६. किर्डाक अन्र्तगत सार्मथ्य परियोजनाः ५३ लाख १४ हजार ५७
७. महिला कल्पाण रुपान्तरणः ११ लाख ४४ हजार ९५

नव वर्ष २०७७ सालको पावन अवसरमा कर्मचारी, राजनीतीक दल, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, सर्केगाड गाँउपालिका निवासी सम्पुर्ण आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा सु स्वास्थय, दिर्घायु एवम् उत्तरोतर प्रगतिको कामनासँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

१. न्यासी, रिप, तुम्च र गोठी गरि चार वटा हेल्थ डेस्कहरु राखिएको ।
२. प्रत्येक वडामा ५ बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
३. गाउँपालिकामा १० बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
४. २५ सय घर धुरिलाई ४ पकेटका दरले नुन वितरण गरिएको ।
५. प्रत्येक वडामा माक्र्स वितरण गरिएको ।
६. १ करोड १ लाखको कोरोना कोषको निर्माण गरिएको ।

Pages