समाचार
सूचना तथा समाचार
१७ गते बेलुका सर्केगाड गाउँपालिका वडा नं ७ राेडिकाेट ठुलागाँउ बाउनवाडामा आगलागीबाट पिडित ६ परिवारलाई सर्केगाड गाउँपालिकाद्धारा तपशिलका सामानहरु राहात स्वरुप वितरण गरियाे ।
१. चामल - २ बाेरा
२. दाल - ८ केजी
३. नुन - ८ पाकेट
४. थाल - २ वटा
५. गिलास - २ वटा
६ . कचाैरा - २वटा
७. चम्चा - २ वटा
८ . जाकेट - ४ वटा
यो सर्केगाड गाउँपालिकाको स्वास्थ्य पार्श्व चित्र (Health Profile) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अमेरिकी सहयोग नियोग विच दुई पक्षीय सम्झौतामा सञ्चालित स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रम हुम्ला र सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त सहकार्यमा तयार भएको हो ।
सर्केगाड गाउँपालिकाको स्वास्थ्य प्रोफाइलमा तपाईंलाई स्वागत छ । यस प्रोफाइलमा यहाँले गाउँपालिकाको जनसंख्या, स्वास्थ्य संस्थाहरुको विवरण, स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा तथा सुविधाहरू, स्वास्थ्य सेवा प्रवाहको ३ वर्षको तुलनात्मक अवस्था, वार्षिक बजेट, महत्वपूर्ण सम्पर्क नम्बरहरू आदिको बारेमा जानकारीहरू पाउन सक्नुहुनेट । यसमा मुख्य गरी १४ वटा सेक्सनहरु रहेका छन् ।
गाउँपालिकाको पुरा स्वास्थ्य पाश्र्वचित्र हेर्नको लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।
सर्केगाड गाउँपालिकाको गाउँ सभाबाट प्रस्तावित बजेट ३९ करोड ११ लाख ४४ हजार ८४० हुन आएको छ ।
जस मध्ये चालु तर्फ बाट रु. १४ करोड ९३ लाख ४४ हजार ८४० छ भने पुजिगत तर्फ रु. २४ करोड १८ लाख रहेको छ ।
प्राथमिक्ताका क्षेत्रहरुः
१. खानेपानिः २ करोड ६३ लाख ६३ हजार
२. सडक निर्माणः २ करोड १५ लाख
३. पुवाधार विकासः ४५ लाख ९८ हजार
४. जलवायु परिवर्तनः १ करोड ४४ लाख
५. किर्डाक अन्र्तगत सामुदायिक विकासः २४ लाख ७३ हजार ८१४
६. किर्डाक अन्र्तगत सार्मथ्य परियोजनाः ५३ लाख १४ हजार ५७
७. महिला कल्पाण रुपान्तरणः ११ लाख ४४ हजार ९५